विपिन कार्की ‘भगवत् गीता’को नायकमा अनुबन्धित

 ‘भगवत् गीता’ काे नायकमा विपिन कार्की अनुबन्धित भएका छन्।

बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ। फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन्।

माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिए।

योसँगै फिल्ममा प्रमुख कलाकारको समीकरण पूरा भएको छ। जनकपुर र मनाङ आसपासमा छायांकन हुने फिल्ममा स्थानीय कलाकार पनि सहभागी हुनेछन्।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको समेत निर्माता थापाले जानकारी दिए। 

फिल्मलाई अभिनेत्री सुहाना थापा सीईओ रहेको त्रिनेत्रम् डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्मसले काठमाडौंमा वितरण गर्ने भएको छ।

प्रकाशित मिति: : 2023-01-18 16:57:00

प्रतिकृया दिनुहोस्