नेपाल चलचित्र विकाश बाेर्डका अध्यक्ष तथा कलाकार भवन केसीले नेपाल इन्टरनेशल फिल्म फेस्टिबल ‘निफ’ कला संस्कृतिलाई प्रवर्धन गर्ने मात्र नभई पर्यटनलाई उकास्ने प्लार्टफम समेत रहकाे बताएका छन्।
बुधबार काठमाडाैँमा ‘निफ’ द्वारा आयाेजना गरिएकाे क्रार्यकममा बाेल्दै अध्यक्ष केसीले ‘निफ’ कला संस्कृतिलाई प्रवर्धन गर्ने मात्र नभई पर्यटनलाई उकास्ने प्लार्टफम भएकाे बताएका हुन्।
उनले भने,‘ ‘निफ’ ले कला संस्कृति आदानप्रदान गर्ने मात्र गर्दैन, यसले देशदेशबीचकाे पयर्टनलाई समेत उकास्छ। त्यसकारण अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल हुन जरुरी छ।’
यसका साथै यस्ता फिल्म फेस्टिबललाई प्रेत्साहान तथा सहयाेग गर्न नेपाल चलचित्र विकाश बाेर्ड सधैँ तयार रहेकाे अध्यक्ष केसीले बताए।