नेपाली फिल्म ‘गुलाबी’ काे पहिलाे तस्विर सार्वजनिक गरिएकाे छ।
बिहिबार निर्माण समुहले फिल्मको एक तस्विर फष्टलुकको रूपमा सार्वजनिक गरेकाे हाे।
फिल्म अभिनेता नाजिर हुसैनको मुख्य भूमिका रहेको छ। फिल्ममा उनी ट्रान्सजेन्डर महिलाको भेषमा देखिएका छन्।
फिल्ममा नाजिरसँग सुशील सिटौला, सञ्चिता लुइँटेल, राजा घोष, विशाल पहारी, अनुपम श्रेष्ठ ‘हटी नटी’ लगायतको मुख्य भूमिका छन्।
फिल्म वैशाख १५ गतेदेखि प्रदर्शन हुनेछ।