प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न पूर्व गृहमन्त्रीसमेत रहेका लामिछाने मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

उनीहरूबीच समसामयिक राजनीतिबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले नागरिकता विवादमा दाेषी ठहर गरेपछि सांसद र गृहमन्त्री पद गुमाएका रवि फेरि गृहमै फर्किने कसरतमा छन्।

प्रकाशित मिति: : 2023-01-31 10:48:00

प्रतिकृया दिनुहोस्