नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले अदालतको आदेशमा उनलाई खेलमा कुनै पनि प्रतिबन्ध नलगाएकाेले पुन: टिममा फर्काउने निर्णय लिएको बताएका छन्।
बुधबार पाेखरामा आयोजित क्यानकाे पत्रकार सम्मेलनमा चन्दले आइसीसी र राष्ट्रिय खेलकुद परिषद (राखेपा) लामिछानेबारे सकारात्मक देखिएपछि क्यानले निलम्बन फुकुवा गरेको बताएका हुन्।
उनले भने, 'सन्दीपले क्लोज क्याम्पको अनुशासन तोडेको कारणले गर्दा निलम्बन गरेको थियौँ तर अदालतको आदेशमा उनलाई खेलमा कुनै पनि राेकताेक नभएपछि फुकुवा गरेर टिममै फर्काउने निर्णय गरेका हाैँ।'
क्यानले अदालतमा मुद्दा चलिरहेका पूर्व कप्तान सन्दीप लामिछानेलाई पुन: खेलमा फर्काउने निर्णय गरेपछि चौतर्फी आलोचना भइरहेको छ।
बलात्कार आराेपमा जेलमुक्त भएका लामिछानेलाई मुद्दा चलिरहेकै अवस्थामा फेरि राष्ट्रिय टिममा फर्काउने निर्णयपछि क्यानकाे भएकाे हाे।
पोखरमा भएकाे क्यानको मगंलबारकाे कार्यसमिति बैठकले लामिछानेमाथिको निलम्बन फुकुवा गरेकाे थियाे।