रोल्पामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

रोल्पामा आज भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको ज्यान गएको छ।

सदरमुकाम लिबाङबाट गजुलतर्फ जाँदै गरेको रा ३ प १०३८ नम्बरको मोटरसाइकल बिहान ७ बजेतिर दहरेभिर भन्ने ठाउँमा दुर्घटना हुँदा रोल्पा नपा–४ बाईगाउँका २६ वर्षीय पुरन चन्दको ज्यान गएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते चन्दको जिल्ला अस्पताल रेउघा रोल्पामा उपचारको क्रममा ज्यान गएको हो।

प्रकाशित मिति: : 2023-02-02 14:40:00

प्रतिकृया दिनुहोस्