फागुन १९ देखि ए–डिभिजन लिग हुँदै, प्रथम पुरस्कार ७५ लाख

आगामी फागुन १९ गतेबाट अखिल नेपाल फुटबल सघं (एन्फा) आयोजनमा ए डिभिजन लिग खेल हुँदै छ। 

कुल १४ टिमले प्रतिस्पर्धा गर्ने उक्त खेलको ५० प्रतिशत काम सम्पन्न भएको एन्फाले जनाएको छ।

शुक्रबार एन्फाले पत्रकार सम्मेलन गर्दै लिगकाे ५० प्रतिशत काम पूरा भएको जानकारी दिएको हाे। डबल राउन्ड रोबिनको आधारमा लिगमा १८२ वटा खेलहरु हुने छन् भने, खेल दशरथ रगंशला, च्यासल रगंशला र एन्फा कम्लेक्समा हुने छ।

 एन्फाका अनुसार लिगका लागि सहभागी हुन १४ वटा क्लबले क्लब दर्ता गराइसकेका छन्। एन्फका मआसचिव किरण राईका अनुसार खेल हुने तीन वटा मैदानहरुको मर्मत सम्भार भइरहेको जानकारी दिएका छन्। लिगमा प्रथम हुने टिमलाई ७५ लाख, दोस्रो हुनेलाई ५० लाख, र तेस्रो हुनेलाई २५ लाख प्रदान गरिने छ। 

यस्तै, एन्फका अनुसार उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई समान रु दुइ–दुइ लाख पुरस्कार उपलब्ध गराइने छ। ए डिभिजन लिगको अनुमानित लागत करिब रु १२ करोड रहेको छ। ए डिभिजन लिगका लागि एन्फाले सरकारसँग तीन करोड रुपैयाँ माग गरेको थियो।

प्रकाशित मिति: : 2023-02-03 17:59:00

प्रतिकृया दिनुहोस्