एलपीएलको सातौँ संस्करण आजबाट सुरु

धनगढीमा आजबाट विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) सुरु भएकाे छ।
लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सले प्रतियोगिताको आयोजना गर्न लागेको हो।

बिहान साढे १० बजे एक समारोहकाबीच प्रदेश प्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले जानकारी दिए।

प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ। फाप्ला क्रिकेट मैदानमा फागुन ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०/१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन्। त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ। प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन्।

प्रकाशित मिति: : 2023-02-04 16:52:00

प्रतिकृया दिनुहोस्