रविले दिएको अल्टिमेटम सकिँदै, प्रधानमन्त्री भन्छन्- कुरा मिल्छ 

File Photo
File Photo

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफुहरुलाई गृहमन्त्रालय दिन सरकारलाई दिएको समयावधि शनिबार (आज) सकिँदैछ।

शनिबार समय सकिन लागेको भएपनि अहिलेसम्म (साँझ ५ बजे) सत्ता गठबन्धन दलहरुले कुनै टुंगो लगाएका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सत्ता गठबन्धनका बीचमा देखिएको विवाद समाधान हुने बताएका छन्।

शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पत्रकारसँग कुरा गर्दै विवादका विषयमा कुरा भइरहेको र छिट्टै समाधन हुने बताए। 

बिहीबार रास्वपाको बैठकले गृहमन्त्रालयका विषयमा छलफल गर्न सरकारलाई दुई दिनको समय दिएको थियो। रास्वपाले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिएको छ।

प्रकाशित मिति: : 2023-02-04 17:04:00

प्रतिकृया दिनुहोस्