माओवादीले २ महिने संगठन सुदृढीकरण अभियान चलाउने

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ। पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन्।

पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए।

केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरिएको महराले बताए।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिए। पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उनले जानकारी दिए।

प्रकाशित मिति: : 2023-02-04 17:41:00

प्रतिकृया दिनुहोस्