आफूलाई विजयी घोषणा गर्नुपर्ने उमेश श्रेष्ठको मागमा आयोगकाे जवाफ- उपनिर्वाचनको विकल्प छैन

File Photo
File Photo

नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले चितवन क्षेत्र नम्बर २ बाट आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन्।

गत मंसिर ४ मा भएको निर्वाचनमा चितवन-२ बाट श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग फराकिलो मतान्तरले पराजित भएका थिए।

माघ १३ गते सर्वाेच्च अदालतले नागरिकतासम्बन्धी मुद्दामा दोषी ठहर गर्दै लामिछानेलाई सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेको थियो। रविको सांसद पद गएपछि श्रेष्ठले आफूलाई स्वत: निर्वाचित घोषित गर्न गर्दै  आइतबार निवेदन दिएका हुन्।

निर्वाचन आयोगले भने कानुनमा त्यो व्यवस्था नै नरहेको जनाएको छ। पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनकाे विकल्प नरहेकाे आयोगकाे जिकिर छ। 

प्रकाशित मिति: : 2023-02-05 13:43:00

प्रतिकृया दिनुहोस्