अखिल नेपाल फुटबल सघं (एन्फा)ले ए डिभिजन लिगका लागि हरेक क्लबमा पाँच विदेशी खेलाडी अनुबन्धित गर्ने भएकाे छ।
बुधबार एन्फाका पदाधिकारी र क्लबका सञ्चालकबीच भएको छलफलपछि विदेशी खेलाडीको कोटा बढाउने सहमति भएको हो।
नेपली राष्ट्रिय टोलीका खेलाडीहरु धमाधम विदेश पलायन हुन थालेपछि एन्फालले विदेशी खेलाडीकाे कोटा बढाउने निर्णय गरेकाे हो।
ए डिभिजन लिगमा खेल्ने ११ क्लबका सञ्चालकले खेलाडी अपुग भएको भन्दै लिगका निर्देशक सन्जिव मिश्रलाई पत्र बुझाएको थियो। लिगका निर्देशक मिश्रले विकल्प खेलाडीबारे एन्फाको बैठकले निर्णय गर्ने बताएका थिए।
ए डिभिजन लिग फागुन १९ गतेदेखि सुरु हुँदैछ। लिगको पहिलो खेल ललितपुर क्लब फ्रेण्ड्स र खुमलटार एफसीबीच प्रतिस्पर्धा हुँदैछ।