प्रधानसेनापति खुला दौड प्रतियोगिता शुरु, प्रथम हुनेलाई तीनलाख

File photo
File photo

सेना दिवसका अवसरमा नेपाली सेनाद्धारा आयोजित प्रधानसेनापति खुला दौड प्रतियोगिता आज शुरु भएको छ।

सैनिक मुख्यालय जङ्गी अड्डास्थित खेलमैदानबाट शुरु भएको उक्त प्रतियोगिताको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरेका छन। साे खेल २०७२ साल देखि स्थापना दिवसका अवसरमा अायाेजना गरिदै आएको छ।

प्रतियोगिता अन्तर्गत ४२ किमी दूरीको म्याराथन जङ्गी अड्डाबाट सुरु भई त्रिपुरेश्वर, माइतीघर, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, भक्तपुर,  पेप्सीकोला,  गौशला, चाबहिल, महाराजगञ्ज, पानीपोखरी, नागपोखरी, भद्रकाली हुँदै सैनिक मुख्यालय पुगेर समापन हुनेछ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन लाख, दुई लाख र एक लाख नगद प्रदान गरिने छ। प्रतियोगितामा तीन सय धावक सहभागी छन्।

प्रकाशित मिति: : 2023-02-11 10:58:00

प्रतिकृया दिनुहोस्