आराेप र तिरस्कारकाे भकुण्डाे बाेकेर पाँच महिनापछि मैदानमा उत्रिँदै सन्दीप लामिछाने

फाइल तस्विर
फाइल तस्विर

नेपाली राष्ट्रिय क्रिकेट टाेलीले फागुन २ गतेदेखि ७ गतेसम्म घरेलु मैदानमा एकदिवसीय त्रिदेशीय प्रतियोगिता खेल्दैछ। प्रतियाेगितामा नेपाल, नामिबिया र स्कटलण्ड भिड्दै छन।

काठमाडौँको त्रिवि क्रिकेट मैदानमा आयोजना हुने उक्त प्रतियोगिताका लागि स्कटल्याण्डको टोली बुधबार नै नेपाल आइसकेका छन। नेपाल क्रिकेट सघं (क्यान)ले पनि बिहीबार प्रतियोगितामा सहभागी हुने १४ खेलाडीकाे नाम सार्वजनिक गरिसकेकाे छ, जहाँ नेपाली क्रिकेटका पूर्व कप्तान सन्दीप लामिछाने पनि छन। नाबालिकलाई बलात्कार गरेको अभियोगमा मुद्दा खेपिरहेका लामिछाने लामाे समयपछि क्रिकेट मैदानमा फर्किँदै छन।

उनलाई गत असोज २० गते नेपाल प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। उनी पक्राउ पर्नुअघि नै क्यानले राष्ट्रिय टाेली र कप्तानी जिम्मेवारीबाट मुक्त गरेकाे थियाे। त्यसयता अनुसन्धानकका क्रममा लामिछानेले ९९ दिन जेल जीवन व्यतित गरे। नेपालले आयाेजना गर्न लागेकाे साे त्रिदेशीय प्रतियाेगिताबाट सन्दीपकाे क्रिकेट पुनरागनम हुन लागेकाे हाे।

यद्यपि, उनकाे तत्कालकाे पुनरागमनकाे विराेध गरिएकाे छ। बलात्कारजस्तो जघन्य अपराधमा परेर अनुसन्धानकै क्रममा रहेका लामिछानेलाई क्रिकेट खेलाउने निर्णय भएसँगै विराेध भइरहेकाे छ।

गत पुस २८ गते सन्दीपलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गरेको थियो। पीडितले आफू नाबालिक भएकाे प्रमाण जुटाउन नसकेकाे ठहर गर्दै उच्च अदालतले लामिछानेलाई ससर्त धराैटीमा रिहा गरे पनि क्रिकेट खेल्न पाउने वा नपाउने निर्णय गरेकाे थिएन। यद्यपि, मुद्दा किनार नलाग्दै क्यानले सन्दीपलाई प्रतियाेगितामा समावेश गर्न लागेकाे भन्दै विराेध सुरु भएकाे छ। महान्यायाधीवक्ताकाे कार्यालयले लामिछानेलाई पुर्पक्षको लागि धरौटीमा छोड्ने उच्च अदालतको आदेश बदर गर्न माग गर्दै गत माघ १५ गते सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकाे छ। त्यसकाे सुनुवाइ अझै भएकाे छैन।

सन्दीपलाई राष्ट्रिय टाेलीमा समावेश गरेको भन्दै गत शनिबार माइतीघर मण्डलमा क्यानविरुद्ध प्रदर्शनसमेत भएको थियो। तर, क्यानका अध्यक्ष चतुबहादुर चन्द ‘सन्दीपलाई राष्ट्रिय टोलीमा राख्ने नराख्ने निर्णय क्यानले गर्दैन। उनलाई टिममा राख्ने काम प्रशिक्षक र सेलेक्टरले गर्ने हाे’ भन्दै उम्किन खाेजेका छन्। लामिछाने रिहा भएकाे भोलिपल्टै त्रिवि मैदानमा प्रशिक्षणकाे लागि पुगेका थिए। बलात्कारको मुद्दा चलिरहेको व्यक्तिलाई राष्ट्रको एउटा गौरवशाली पद दिएर फेरि बोलाउँदा अन्य अपराधीहरुलाई हाैसला मिल्ने भन्दै चाैतर्फी विराेध भइरहेकाे छ।

काठमाडाैँमा आयाेजित एक पत्रकार सम्मेलनमा क्यानका पदाधिकारीहरुले अदालतले नै उनलाई खेल्ने वा नखेल्ने भने बारेमा निर्णय नगरेकाेले बन्द प्रशिक्षणमा बाेलाएकाे जनाएका थिए। तर, नेपालमा भने खेल र खेलाडीका लागि भने कुनै कानुन छैन, खेलाडीहरुको लागि बनोस पनि कसरी यसअघि नेपालमा कुनै पनि खेलाडीलाई बलात्कारको मुद्दा लागेको थिएन। सोही कारण पनि उच्च अदालत पाटनलले उनलाई खेलमा समावेश गराउने वा नगराउने भनेबारे ठोस निर्णय लिन सकेको थिएन।

यदि नेपालमा यस विषयको कानुन भएको भए लामिछानेप्रति एउटा ठोस निर्णय लिएर उनलाई खेलमा फर्काउन या नफर्काउने भने निर्णय हुन्थियो। तर, अदलालतले उनलाई लागु गरेको सर्तमा उनी विदेश जान नपाउने भनिएको छ। यदि नेपाल अन्य मुलुकमा गएर खेल खेल्न परेमा सन्दीप लामिछाने भने टिमबाट बाहिरिने छन। उनलाई अहिले घरेलु मैदानमा आयोजना हुने खेलमा समावेश गराइएको हो।

यता बुधबार नेपाल आएकाे स्कटल्याण्डको क्रिकेट टाेलीले पनि आफ्नाे वेवसाइटमा सन्दीप लामिछानेबारे आफूहरु सचेत रहेको जनाएको छ।

नेपालका सन्दीप लामिछाने मात्र नभएर विश्वका चर्चित खेलाडी क्रिस्टियानाे रोनाल्डो, नेयमार जे आर, बाबार अजमलगायत खेलाडीहरुलाई पनि बलात्कारको आरोप लागेको थियो। आरोपपछि ती खेलाडीहरु कुनै प्रकारको निलम्बनमा परेनन्, न त उनीहरुलाई खेल्नबाट रोक लगाइयो। अदलालतमा मुद्दा चलिरहँदासमेत उनीहरु आफ्नाे पेशमा लागिरहे। उनीहरुको देशमा भने नियम कानुन थियो, जहाँ नियम र कानुनको पालन गरेर नै उनीहरुले खेललाई अघि बढाए। तर, नेपालमा केही कानुन नहुँदा आममानिस मात्र नभई अदालत स्वमय आफैँ अलमलमा छ।

प्रकाशित मिति: : 2023-02-11 18:00:00

प्रतिकृया दिनुहोस्