मिलापत्रपछि रिहा भए ‘म्याकुरी’

फाइल तस्बिर
फाइल तस्बिर

म्याकुरी नामले चर्चामा आएका युवा हास्य कलाकार पवन खतिवडा प्रहरी हिरासतबाट रिहा भएका छन्। पीडित पक्ष र आरोपीबीच मिलापत्र भएपछि उनलाई प्रहरीले छाडेको हो।

मंगलबार राति मादक पदार्थ सेवन गरी मोरङको बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा उनलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको थियो। उनीसँगै उनका साथी रमेश भण्डारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।

खतिवडाले बेलबारीको एक होटलमा मादक पदार्थ सेवन गरी कार्कीलाई टाउकोमा प्रहार गरेका थिए।
 

प्रकाशित मिति: : 2023-02-15 19:17:00

प्रतिकृया दिनुहोस्