त्रिवि मैदानमा सिआइबीकाे कडा निगरानी, सट्टेबाजीकाे आशंकामा सात जना पक्राउ

काठमाडाैँकाे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र स्कटल्याण्डबीचको एकदिवसीय खेलमा सट्टेबाजी गरेको आशंकामा नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)ले सात जनालाई पक्राउ गरेको छ।

जारी प्रतियाेगितमा सट्टेबाजीकाे आशंकामा सात जनालाई पक्राउ गरेकाे सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बिएल नेपाली सेवालाई जानकारी दिए।

‘अहिले त्रिवी मैदानमा नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा भइरहेकाे छ। अहिले खेल नसकिँदै हामीले सट्टेबाजी गरेकाे आशंकामा सात जनालाई पक्राउ गरिएकाे छ। खेल सुरु भएदेखि नै हामीले कडा निगरानी गरिरहेका छाैँ,’ प्रवक्ता सञ्जयसिंहले भने। पक्राउ पर्नेहरुकाे नाम गाेप्य राखिएकाे उनले बताए।

म्याच फिक्सिङ तथा सट्टेबाजी हुन सक्ने भन्दै गेम सुरु भएको दिनदेखि नै सिआइबीकाे टोली परिचालन गरी निगरानी बढाएको थियो।

प्रकाशित मिति: : 2023-02-17 15:16:00

प्रतिकृया दिनुहोस्