काठमाडौंका घरबेटीका लागि महानगरले ल्यायो नयाँ नियम

सेतोपाटी

मन्दिरा घिमिरे

 

घर बहालमा दिनेहरूका लागि काठमाडौं महानगरपालिकाले नयाँ निर्देशिका जारी गरेको छ।

यो निर्देशिकाअनुसार घरबेटीले डेरावालासँग सम्झौता गरेर त्यसको एक प्रति वडा कार्यालयमा बुझाउनुपर्नेछ भने डेरावाला निस्केर गएपछि घर खाली भएको सूचना पनि वडालाई दिनुपर्नेछ।

काठमाडौंमा घर बहालमा लगाउने चलन व्यापक छ। त्यसैले यो निर्देशिका प्रत्येक घरबेटी र डेरावाला निम्ति चासोको विषय हो।

यसै सन्दर्भमा हामीले घर बहालसम्बन्धी निर्देशिका-२०७९ मा के-के व्यवस्था गरिएको छ भनेर काठमाडौं महानगर राजस्व विभागका प्रमुख ध्रुवकुमार काफ्लेसँग कुरा गरेका छौं।

प्रकाशित मिति: : 2023-02-21 14:22:00

प्रतिकृया दिनुहोस्