सन्दीपकाे जादुमय कम्ब्याक !

आइसीसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय प्रतियाेगिता काठमाडाैँमा सम्पन्न भएकाे छ। फागुन २ गतेदेखि सुरु भएकाे प्रतिस्पर्धामा नेपाल उत्कृष्ट प्रदर्शन गर्‍याे। नेपालको जितसँगै सिरिजमा नेपालमा पूर्व कप्तान सन्दीप लामिछानेकाे चाैतर्फी प्रशंसा भइरहेकाे छ। नाबालिग बलात्कार गरेकाे आराेपमा ५ महिना जेलजीवन बिताएर मैदानमा फर्किएका लामिछानेले उत्कृष्ट कम्ब्याक गरे। आराेप-प्रत्याराेप, तिरस्कार र विवादका बीच उनी ४ खेलमा १३ विकेट लिन सफल भए।

नाबालिग बलात्कार गरेकाे आराेपमा गत असाेज २० गते विदेशबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी पक्राउ परेका थिए। जेल परेसँगै निलम्बनमा परेका उनी पुस २८ गते धराैटीमा थुनामुक्त भएपछि राष्ट्रिय टाेलीमा फर्किएका थिए।

लामो समयपछि मैदानमा फर्किएका सन्दीपले आफ्नाे पहिलाे खेलकाे दाेस्राे बलमै विकेट लिएर सुखद पुनरागमन गरे। त्यसपछि उनले ब्याक टू ब्याक उत्कृष्ट प्रदर्शन गरे। उनले नामिबिया र स्कटल्याण्टविरुद्ध भएका सुरुवाती तीन खेलमा समान ३–३ विकेट लिए। भने, मंगलबार भएकाे सिरिज अन्तर्गतकाे अन्तिम खेलमा ४ विकेट लिए।

लामो समयपछि मैदानमा फर्किएका उनले विकेट लिएपछि आँसु थाम्न सकेन। पक्राउ परेपछि धरमराएको उनको खेल जीवनमा आफू पुन: खेलमा फर्किएर आक्रमक प्रस्तृत दिए। उनले लिएको उक्त विकेटको चर्चा छिनभरैमै भाइरल बन्न पुग्यो। त्यति मात्र नभई उनले दोस्रो र तेस्रो खेलमा पनि आफ्नाे कडा प्रस्तृति दिन भने छाडेनन्। यतिबेला सन्दीपले उत्कृष्ट कमब्याक गरेको भन्दै प्रशंसा भइरहेकाे छ।

नेपाली क्रिकेटमा केही आशालाग्दा ब्याटस् म्यान भएता पनि बलिङमा भने सन्दीप जस्ताे भर पर्दाे अरु खेलाडी थिएनन्। नेपालमा हुने भनिएकाे त्रिदेशीय खेलमा भरपर्दाे बलर नहुँदा नेपाल सामान कसरी गर्ला भने चासो थियो। प्रहरी हिरासतमा रहेका उनी धरौटीमा रिहा भएपछि नेपाली क्रिकेट बलिङमा ढुक्क हुन पुग्यो।

त्यस्तै क्यानले सन्दपीलाई खेलमा पुन: फर्काएको भन्दै विरोधसमेत हुन पुगेको थियो तर उनले गरेको उत्कृष्ट कमब्याकपछि विरोधीहरु अहिले चुप छन। पहिलो दोस्रो र तेस्रो खेलमा उत्कृष्ट प्रदर्शनी गरेका उनले चौंथो खेलमा झन धमदार प्रस्तृती देखाउन छाडेनन्।

मगंलबार नेपालले स्कटल्याण्टसँग आफ्नाे अन्तिम खेल खेल्दा पनि सन्दीपले जादुमयी प्रस्तुती दिए। स्कटल्याण्टसँग भएको खेलमा सन्दीपले ४ विकेट लिए। यो सँगै लामिछाने जारी सिरिजमा लगातार चौंथो विकेट गर्न सफल खेलाडीसमेत बन्न पुगे। उनले लगातार लिएकाे विकेटपछि त्रिवि क्रिकेट मैदानको वातावरण एकदमै उत्साहित हुन पुग्यो।

स्कटल्याण्टको आक्रमक ब्याटारसँग एक्लै प्रतिस्पर्धा गर्न पुगे सन्दीप लामिछाने। उक्त खेलमा पुन: एकपटक सन्दीप चर्चित हुन पुगे। पहिलो दोस्रो र तेस्रो खेलमा आफ्नाे जादुमय प्रस्तुती देखाएका उनले चौंथो खेलमा झन दमदार प्रस्तुति दिए।

तर, चौतर्फी चर्चा र माया पाइरहेका उनी गत शुक्रबार पुन: आलोचित हुन पुगे। नेपालले गत शुक्रबार आफ्नाे दोस्रो खेल स्कटल्याण्टसँग खेलेको थियो, जहाँ नेपालले स्कटल्याण्टसँग सानदार जित हासिल गरेकाे थियो। तर, दुई टोलीबीच खेल सकिपछि सन्दीप आलोचित बन्न पुगे। स्कटल्याण्टका खेलाडीले सन्दीपसँग हात नमिलाएकाे विषयलाई सञ्चार माध्यमबाटै फरक–फरक तरिकाले प्रस्तुत गरे। उनले खेलेकाे उत्कृष्ट खेलकाे बेवास्था गरेर मानाेबल गिराउने कामसमेत भइरहेकाे छ। स्कटल्याण्ट क्रिकेट सघंलले लिगका लागि नेपाल आउनु अगाडि आफूलाई नेपाली क्रिकेट र सन्दीपबारे कुरामा गम्भीर भएको क्रिकइन्फो डटकममा उल्लेख थियो। सोही कारणले गर्दा सन्दीप आफैंले उनीहरुसँग हात मिलाउन इच्छा जगाएनन्।

नेपालका केही मिडियाहरुले भने स्कटिस खेलाडीले नै उनीलाई वेवास्ता गरी हात नमिलाएकाे उल्लेख गरे, स्कटल्याण्टले अगाडि नै सन्दीपबारे आफू जानकार भएको बताएपछि नै सन्दीप स्वयम आफैंले हात नमिलाएका हुन्। तर, उनले नाामिबियासँग भएको दुवै खेलमा नामिबियाका खेलाडीहरुसँग भने हात मिलाएका थिए। यता चर्चा र आलोचनाको बाबजुत सन्दीपले उत्कृष्ट प्रदर्शनी दिन छाडेका छैन।

अदालतलले आदेश दिएअनुसार नै क्यानले उनलाई मैदानमा फर्कन पुन: मौका दिएको हो। मैदनमा उत्कृष्ट कमब्याक गरिरहेका उनी पटक पटक आलोचित बन्न पुगेका छन्। सन्दीप मात्र नभई विश्वका चर्चित खेलाडीहरुले समेत बलात्कारको आरोप सहन परेको थियो। उनीहरु पनि अलालतलाई सम्मान गरेर खेलमा फर्किएका थिए। यता, सन्दीपलाई पनि अदालतले खेलमा फर्काउने नहुने केही टिप्पणी गरेको छैन।

सन्दीपलाई खेलमा फर्काएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)सम्म आलोचित बन्न पुगेको थियो। अदालतलले मुद्दालाई किनारा नलगाई खेलमा फर्किने जिम्मा दिएपछि पीडितको अपमान भएको र अभियुक्तलाई प्राेत्साहन भएकाे भन्दै विराेध जनाइएकाे थियाे। यद्यपि, विराेध, आराेप र तिरस्कारबीच सन्दीपले उत्कृष्ट कम्ब्याक गरेका छन्।



स्कटल्याण्टमाथि नेपालकाे कीर्तिमानी जित

आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाकाे अन्तिम खेलमा नेपालले कीर्तिमानी विजयी हासिल गरेकाे छ। कीर्तिपुरस्थति त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले स्कटल्याण्टमाथि २ विकेटकाे जित निकालेकाे हाे।

जारी सिरिजमा नेपालले लगातार चार खेल जितेर कीर्तिमान कायम गरेकाे छ।

टस हारेर पहिले ब्याटिङ गरेकाे स्कटल्याण्टले दिएकाे २ सय १३ रनकाे लक्ष्य पछ्याएकाे नेपालले कठिन सुरुवातका बावजुद ४४.१ ओभरमा ८ विकेट गुमाए पूरा गर्‍यो।

नेपालकाे जितमा कप्तान राेहित पाैडेलले अविजित ९५ रनको अर्धशतकीय इनिङ खेले। कठिन परिस्थितिमा ब्याटिङ समालेका उनले १ सय १ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतकीय इनिङ खेले।

त्यस्तै करण केसीले ३१, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७, आसिफ शेखले १२, सन्दीप लामिछानेले ९ तथा दीपेन्द्र सिंह ऐरीले ७ रन जाेडे।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा सन्दीप जोरा पनि १ रनमा आउट भए। भने, साेमपाल कामीले २ रन बनाए।

स्कटल्याण्डका मार्क वाटले ३ तथा क्रिस ग्रेभ्सले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेकाे स्टकल्याण्ट ४६ . १ ओभरमा अलआउट हुँदै २ सय १२ रन बनाएकाे थियाे।

स्कटल्याण्टका जर्ज मुन्शेले अर्थशतकीय इनिङ खेले। उनले ५० बलमा ६० रन प्रहार गरे।

त्यस्तै स्कटल्याण्डका ब्रान्डन एमसीमक्लेनले ३१, म्याथ्यू क्रसले ४२, क्रिस्टोफर म्याकब्राइडले २२, काइल कोट्जरले २२ रन बनाएर आउट भए।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए। भने, करण केसीले ३ तथा कुशल मल्ल र ललित नारायण राजवंशीले १/१ विकेट लिए।

प्रकाशित मिति: : 2023-02-21 20:08:00

प्रतिकृया दिनुहोस्