गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : फागुन २५ मा जजिरासँगै अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउला ?

बाह्रखरी

पूजा पन्थी

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । मौसमको कारण देखाउँदै जजिराले गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको थियो ।

जजिराले ९ मार्च (फागुन २५)देखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिकासमेत तय भइसकेको छ ।

विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ ।

बुटवल । भैरहवामा रहेको गौतमबुद्ध विमानस्थलबाट जजिरा एयरलाइन्सले ९ मार्चदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ । मौसमको कारण देखाउँदै जजिराले गौतमबुद्ध विमानस्थलबाट उडान रोकेको थियो ।

जजिराले ९ मार्च (फागुन २५)देखि उडान सुरु गर्न अग्रिम टिकट बुकिङसमेत थालिसकेको जानकारी विमानस्थलका प्रवक्ता सुवास झाले बताए । प्रवक्ता झाका अनुसार मंगलबार, बिहीबार र शनिबार बिहान ८ बजेर ५ मिनेटमा उड्ने गरी तालिकासमेत तय भइसकेको छ ।

विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म अन्तर्राष्ट्रिय उडान गर्न सक्ने क्षमता छ । विमानस्थल पूर्ण क्षमतामा नचल्दै बन्द हुँदा मासिक ३० लाखसम्म घाटा बेहोर्नुपर्छ ।

व्यवसायीहरुले विमानस्थलबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले पनि उडान गर्नुपर्ने माग गर्दै आएका छन् । सरकारको अर्बौँ लगानी भएको विमानस्थलमा अन्य एयरलाइन्सको विश्वास र आकर्षण बढाउन पनि नेपाल एयरलाइन्सको उडान नियमित हुनुपर्ने उनीहरुले बताउँदै आएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ २०२२ मे १६ देखि २०२२ डिसेम्बर १८ सम्म उडान १५४ वटा र त्यत्तिकै संख्यामा अवतरण भएका थिए । उक्त अवधिमा १३ हजार ५९३ जना यात्रुहरु भैरहवा ओर्लिएका थिए र १८ हजार २५ जना यात्रुहरु यहाँबाट विदेश उडेका थिए । यसबाट जम्मा ३१ हजार ६१८ जना यात्रुहरुले सेवा लिएका थिए । पछिल्लो समयमा मौसमको कारण देखाउँदै जजिराले उडान/अवतरण स्थगित गरेको थियो ।

प्रकाशित मिति: : 2023-02-21 17:25:00

प्रतिकृया दिनुहोस्