क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा पाटन उच्च अदालतले गरेको फैसलामाथिको पुनरावेदनउपर सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
लामिछानेको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको छ।
गत पुष २८ गते उच्च अदालत पाटनले उनलाई २० लाख धरौटीमा रिहा गरेको थियो। उच्च अदालतले गरेको उक्त फैसलापछि सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन गरेकाे थियाे। उनीविरुद्ध एक १७ वर्षीय नाबालिकालाई बलात्कार गरेको आरोप छ।
यता, सन्दीपले बिहीबार आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका छन्। नेपाली राष्ट्रिय टोली शनिबार आईसीसी लिग-२ अन्तर्गतको सिरिज खेल्न युएइ जाँदै छ।
नेपाल क्रिकेट सघं (क्यान)ले बिहीबार सन्दीपरहितको टोलीको घोषणा गरेको छ। उनलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा विदेश जान रोक लगाएको थियो।