रोङ गाउँपालिकाले खोल्यो गुन्द्रुक उद्योग, किसान भन्छन्- अब हाम्रो साग खेर जाँदैन

सेतोपाटी

राजु अधिकारी

देशका ठूला सहरका स्थानीय सरकार कतै ठेला खोसेर, कतै नाङ्लो पसलमा सामान बेच्न प्रतिबन्ध लगाएर ‘सहर व्यवस्थित बनाउने’ अभियानमा छन्।

संघीय राजधानी काठमाडौंदेखि प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मै यो अभियान घरी चल्दै घरी थामिँदै गरिरहेको छ।

ठिक यहीबेला सुदूरपूर्वको इलामस्थित रोङ गाउँपालिका भने गाउँबासीले घरघरै उत्पादन गरेको साग खरिद गरेर गुन्द्रुक उत्पादन अभियानमा जुटेको छ।

उसले उद्देश्य राखेको छ- गुन्द्रुकको बजार अपार छ। त्यही अपार बजारमा आफ्नो उत्पादन पठाउने हो। त्यसबाट हुने आम्दानी किसानलाई फिर्ता दिने हो।

प्रकाशित मिति: : 2023-02-26 10:25:00

प्रतिकृया दिनुहोस्