जर्मनीको उत्तरपश्चिममा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

उत्तरपश्चिम जर्मनीको ब्राम्चेमा रहेको एउटा विद्यालय नजिकै गोली चल्दा दुई जना गम्भीर घाइते भएका स्थानीय प्रहरीले जनाएको छ।

प्रहरीले संदिग्ध गोली चलाउने व्यक्तिलाई पक्राउ गरेको छ। 

गोली प्रहारको घटनाबाट अहिले त्यहाँ कुनै खतरा नरहेको र नजिकैको विद्यालयमा समेत  कुनै असर नपरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान जारी छ।  
 

प्रकाशित मिति: : 2023-02-28 18:45:00

प्रतिकृया दिनुहोस्