रुकुम सञ्चालन भएकाे १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिस्ने गाउँपालिकाले हात पारेको छ।
पुथा उत्तरगङ्गा गाउँपालिका–१० तकमा यही फागुन १४ देखि १६ गतेसम्म सञ्चालन भएकाे जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकालाई पछि पार्दै सिस्ने गाउँपालिकाले शिल्ड हात पारेको हो।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा १० स्वर्णसहित सिस्ने प्रथम भएको हो। विभिन्न २४ विधामा प्रतियोगिता भएको थियो।
त्यसैगरी नौ स्वर्णसहित भूमे गाउँपालिका दोस्रो र पाँच स्वर्णसहित पुथा उत्तरगङ्गा गाउँपालिका तेस्रो भएको खेलकुद विकास समितिले जनाएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ महेन्द्र मावि तकसेरामा प्रतियोगिता सञ्चालन गरिएको थियो।