पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा 'जिन्दगी आधाभो' सार्वजनिक ! 

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत 'जिन्दगी आधाभो' सार्वजनिक भएको छ।

गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन्।

श्यामश्वेत रसाइलीको मिक्सिङ्ग मास्टिरिङ्ग रहेको यस गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने रेकर्ड कमल थापा र किरण विश्वकर्माले गरेका हुन। 

असफल प्रेम जोडीको कथामा आधारित गीतले दुई धुव्रमा विभाजित प्रेम जोडीको विषय बोलेको छ।

गीतमा गितार सञ्जिव बराइली, मादल पोषण घर्ती र बासुरी रत्न विश्वकर्माले बजाएका छन्। गीतले सबैको मन जितोस् शुभकामना।

प्रकाशित मिति: : 2023-03-04 09:32:00

प्रतिकृया दिनुहोस्