जो आवाजबाटै चिन्छन् ४ सय चरा

सेतोपाटी

राजेश घिमिरे

'अघिको चरा मैले आवाजबाटै चिनेँ नि, त्यो त्यही चरा हो भनेर म ढुक्क छु। तर केही चरा यस्ता हुन्छन् जसले हामी जस्ता गाइडलाई पनि झुक्याइदिन्छन्।'

उनले उदाहरण दिए- हामीले लामपुच्छ्रे चिबे भन्ने गरेको राकेट–टेल्ड ड्रोङ्गोले आफ्नो आसपास भएका चराहरूलाई उनीहरूको जस्तै आवाज निकालेर जिस्काउँछ। त्यसले बेलाबेलामा फरकफरक चराको आवाज निकाल्छ।

धोबी चराले पनि अरूको आवाज निकाल्छ।

'राम्ररी विचार गरेन भने त चिबे र धोबी चराले गाइडलाई झुक्याउने भए नि,' उनले ठट्टा गर्दै थपे, 'विदेशीसँग हुँदा अंग्रेजी, हिन्दी बोले पनि खासमा म त नेपाली नै हुँ। जतिसुकै अरूको आवाज निकालोस्, त्यो आखिर चिबे नै हो।'

प्रकाशित मिति: : 2023-03-05 17:19:00

प्रतिकृया दिनुहोस्