'ए डिभिजन लिग':  संकटाको पहिलो जित पुलिसकाे तेस्रो हार

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत संकटा क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ। 

शुक्रबार च्यासल फुटबल मैदानमा भएको उक्त खेलमा संकटा क्लबलले नेपाल पुलिस क्लबलाई ३:० ले हराएको हो।

यस लिगभर संकटाको यो पहिलो जित हो। सकंटाको जितको लागि सुरज ज्यु ठकुरी, गणेश हमाल र रोशन पहरीले एक एक गोल गरेका थिए। 

यता, नेपाल पुलिस क्लबको भने, यो तेस्रो हार हो।

प्रकाशित मिति: : 2023-03-11 17:10:00

प्रतिकृया दिनुहोस्