बदलिँदो विद्यार्थी आन्दोलनबीच नजिकिएको स्ववियु चुनाव

सेतोपाटी

सगुन कँडेल

पछिल्लो समय नेपाली समाज निकै अस्थिर देखिन्छ।

सामाजिक संजालका भित्तामा देखिएका अधिकांश पोष्ट र सडकका नाराबाजीले समाज कतातर्फ जाँदैछ? भन्ने प्रश्नसमेत उठ्छ।

मानिसहरू कुनै कुराको गहिराइमा पुग्न चाहिरहेका छैनन्, सतही टिप्पणीमै रमाइरहेका छन्। स्वस्थ आलोचना हुनै छाडेको छ। प्रश्नलाई लत्याएर मानिसहरू कुण्ठा पोख्न हतार गरिरहेका देखिन्छन्।

हामीलाई किन यस्तो हतार छ? समाज कथित नायक र बौद्धिकतामा किन आकर्षित छ? यी सबै समस्याको जरोमा पुग्दा प्रष्ट हुन्छ– हाम्रो शिक्षा प्रणाली नै ध्वस्त छ। हामीले समयसापेक्ष ज्ञान विद्यार्थीलाई दिन सकिरहेका छैनौँ। विद्यालयदेखि विश्वविद्यालयका शिक्षा प्रणाली ठिक ठाउँमा छैन। 

हाम्रो शिक्षा प्रणाली किन ठिक ठाउँमा छैन त? यसको जवाफ दिन सजिलो भने छैन। हाम्रो राजनीति नै ठिक छैन। हाम्रो ‘सिस्टम’ नै ठिक छैन।

प्रकाशित मिति: : 2023-03-12 13:51:00

प्रतिकृया दिनुहोस्