यु–१९ की कप्तान कृतिका विवाह बन्धनमा बाँधिदै, खेप्न सक्छिन् बालविवाहकाे मुद्दा

नेपाली यु–१९ क्रिकेट टिमकी कप्तान कृतिका मरासिनी क्षेत्रीले आज विवाह गर्दैछिन्।

तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेकी कृतिकाले काठमाडाैँका अनिल रायसँग विवाह गर्न लागेकी हुन्। पारिवारिक स्राेतका अनुसार उनी राेजगारीकाे सिलसिलामा अष्ट्रलियामा बस्दै आएका छन्।

बुटवल घर भएकी कृतिकाले विवाह प्रश्चात पनि क्रिकेटलाई निरन्तरता दिने बताएकी छन्।

प्रेमपछि मागी विवाह गर्न लागेकी कृतिका भने विवाह पश्चात उमेरका कारण समस्यामा पर्ने देखिएकाे छ। अहिले पनि यु–१९ की कप्तान रहेकाेले उनी उमेर १९ वर्षमुनि हुनु स्वभाविक छ। तर, नेपालकाे कानुनअनुसार २० वर्षभन्दा कम उमेरकाे विवाहलाई बालविवाह मानिन्छ। जुन कानुनले वर्जित गरेकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)मा उल्लेख भएअनुसार उनकाे जन्ममिति २०६१ जेठ १७ गते रहेकाे छ। यसअनुसार हाल उनकाे उमेर १८ वर्ष ९ महिना मात्रै हुन आउँछ। नेपालको कानुनले विवाह गर्ने उमेर २० वर्ष पुग्नैपर्ने अनिवार्य गरेको छ भने त्यसभन्दा कम उमेरमा गरिने विवाहलाई गैरकानुनी मानेको छ।

मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा गरिएको व्यवस्था अनुसार, २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुनेछ। कसैले २० वर्ष उमेर नपुगी विवाह गर्‍यो वा गरायो भने त्यस्तो व्यक्तिलाई तीन वर्षसम्म कैद र रु. ३० हजारसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: : 2023-03-13 09:15:00

प्रतिकृया दिनुहोस्