'ए डिभिजन लिग': चर्च ब्वाइज युनाइटेड र मछिन्द्र बराबरीमा रोकिए

'सहिद स्मारक ए डिभिजन लिग' अन्तर्गत पाँचौ चरणको दोस्रो खेलमा चर्च ब्वाइज  युनाईटेड र मछिन्द्र फुटबल क्लब बराबरीमा रोकिएकाे छ।

शुक्रबार च्यासल फुटबल मैदानमा भएको सो खेल बराबरीमा रोकिएको हो। मछिन्द्र फुटबल क्लबले खेलेको ४२ औं मिनेटमा पुजन उपरकोटीले रातो कार्ड पाएपछि १० खेलाडी समेटदै खेलाई अघि बढाएको थियो। निकै रोमान्चक बनेको खेलमा दुवै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन्।

बराबरीमा रोकिएको खेलपछि चर्च ब्वाइज  युनाईटेडले ५ खेलमा ११ अंक जोडेको छ भने, मछिन्द्र फुटबल क्लबले  ५ खेलमा ५ अंक जोडेको छ।

उता, एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले थ्री स्टारलाई १- ० ले पराजय गरेको छ। जावालखेलको जितका लागि एन्कोटो मासोबीले खेलको १६ औँ मिनेटमा गोल गरेका थिए।

 

प्रकाशित मिति: : 2023-03-17 17:06:00

प्रतिकृया दिनुहोस्