रित्तै ‘गरिब घर’

नागरिक दैनिक

देवेन्द्र बस्नेत

जिल्लाको बंगलाचुली गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ मा नमुना बस्ती निर्माण योजना ल्यायो। गरिब तथा असहाय परिवारका लागि घर बनाउने उक्त योजनाका लागि संघीय सरकारले दुई करोड रुपैयाँ दियो।

गाउँपालिका आफूले एक करोड रुपैयाँ छु्ट्टायो। तीन करोड रुपैयाँ लागतमा गाउँपालिकाले चारवटा वडामा गरी ३० वटा दुई-दुई कोठाका भूकम्प प्रतिरोधी घर बनायो। प्रतिघर १० लाख रुपैयाँ लागतमा वडा नम्बर ५ मा १२, वडा नम्बर २, ६ र ८ मा ६-६ वटा घर तयार भए।

निर्माण भएका ३० वटा घरमध्ये ११ मा गरिब र असहाय परिवार बसे। बाँकी १९ घर प्रयोगमा नआएर रित्तै छन्। रित्ता घर जीर्ण बन्दै गएका छन्।

प्रकाशित मिति: : 2023-03-18 11:50:00

प्रतिकृया दिनुहोस्