सुदूरपश्चिम सरकारले राष्ट्रिय टोलीका ५ क्रिकेटरलाई पुरस्कृत गर्ने

photo : can
photo : can

सुदूरपश्चिम प्रदेश सरकारले नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनाेट गराउन महत्वपूर्ण भूमिका खेलेका ५ क्रिकेटरलाई नगद पुरस्कार दिने घोषणा गरेको छ।

सुदूरपश्चिम सरकारले दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही २ लाख रुपैयाँ दिने , सन्दीप जोरालाई १ लाख र  कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो।

नेपाल ओडीआई लिग डिभिजन २ अन्तर्गतको अन्तिम खेलमा युएईलाई ९ रनले पराजित गरेर  विश्वकप क्रिकेट क्वालिफायरमा सीधै छनोट भएको थियो।

प्रकाशित मिति: : 2023-03-18 13:29:00

प्रतिकृया दिनुहोस्