ध्रुमुसले रंगशालामा बसेर भने– एक सपना छ

हाँस्यकलाकार सिताराम कट्टेल (ध्रुमुस)ले गौतमबुद्ध अन्तराष्ट्रि रंगशालामा बसेर एक सपना भन्दै फोटो सार्वजनिक गरेका छन्।

ध्रुमुस–सुन्तली फाडेसनले निर्माण थालेको रंगशाला पैसाको अभावमा वर्ष दिनदेखि अलपत्र परेको छ। उक्त अलपत्र रंगशालामा बसेको फोटो फेसबुकमा राख्दै ध्रुमुसले स्टाटस् लेखेका छन्– ‘एक सपना’।

उनको यो स्टाटस रंगशाला बनाउने सपना रहेको बुझ्न गाह्रो छैन। त्यस्तै उनका भाइ हाँस्य कलाकार कुमार कटेल (जिग्री)ले पनि अझै नमरेको सपना भन्दै रंगशालामा रहेको फोटो सार्वजनिक गरेका छन्।

प्रकाशित मिति: : 2023-03-19 18:46:00

प्रतिकृया दिनुहोस्