सत्ता साझेदार दलको बैठक भाेलि, मन्त्रिपरिषद विस्तारबारे निर्णय लिने

सत्ता साझेदार १० दलको बैठक भाेलि अपराह्न ४ बजे बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भाेलि अपराह्न ४ सत्ता साझेदार दलको बैठक बस्ने तय भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

उनका अनुसार भाेलिकाे बैठकले मन्त्रिपरिषद विस्तारको निर्णय लिनेछ।

आज मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल भएकाे थियाे।

प्रकाशित मिति: : 2023-03-27 11:36:00

प्रतिकृया दिनुहोस्