प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना धरौटीमा रिहा

File Photo
File Photo

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध नाराबाजी गर्ने ३ जना रिहा भएका छन्।

गत चैत ७ गते प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा जेल चलान भएका ३ जना मंगलबार पाँच हजार धरौटी बुझाएर छुटेका हुन्।

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

अभद्र व्यवहार मुद्दामा उनीहरुलाई ५ हजार धरौटी तोकिकाे थियाे। धरौटी नबुझाएपछि केन्द्रीय कारागार पठाइएका उनीहरु आज धरौटी बुझाएर निस्किएका हुन्।

प्रकाशित मिति: : 2023-03-28 15:24:00

प्रतिकृया दिनुहोस्