किसान महासङ्घको कार्यसमितिमा सदस्य थप

File Photo
File Photo

नेपाली कांग्रेसले नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेको छ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आज गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासङ्घ केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्य थप गरेका हुन्। सभापति देउवाले आदर्शविक्रम कार्की (काठमाडौँ), महेन्द्रभक्त अधिकारी (नवलपुर), प्रभात आले (तनहुँ), नम्रता बराल (कास्की), प्रेमबहादुर घले (सुर्खेत), ईश्वर गिरी (काठमाडौँ), जितु उपाध्याय (कैलाली), भवानी कोइराला (सर्लाही) र विश्वराज घिमिरे (पर्सा)लाई सदस्यमा मनोनयन गरेका हुन्।

यस्तै, डा धिरेन्द्र साह (महोत्तरी), कालु मेचे (झापा), जनार्दन अर्याल (गोरखा), विवेकानन्द झा (सप्तरी), ऋचा लुइँटेल (बाँके), रमेश रावल (डडेल्धुरा), मनोज थापा (काठमाडौँ) र विश्वनाथ दाहाल (काठमाडौँ)लाई सदस्यमा मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित मिति: : 2023-03-28 15:18:00

प्रतिकृया दिनुहोस्