प्रधानमन्त्री थ्री नेसन्स कप: उपाधिकाे लागि नेपाल र लाओस भिड्दै

File Photo
File Photo

प्रधानमन्त्री कप थ्री नेसन्स फुटबल प्रतियोगिता अन्तर्गत उपाधिका लागि नेपाल र लाओस भिड्दै छन्। शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सो खेल साँझ ५:३० बजेबाट सुरु हुँदैछ।

नेपालले आफनो पहिलो खेल गत चैत्र ८ गते लाओससँग खेलेको थियो, जहाँ नेपालले लाओसलाई २-० ले पराजय गरेको थियो। त्यस्तै, गत चैत्र १४ गते नेपालले आफनो दोस्रो खेल भुटानसँग खेलेको थियो जहाँ खेल बराबरीमा रोकिएपछि नेपाले फाइनलमा आफनो स्थान बनाउन सफल भयो। 

तर, नेपाली फुटबलको इतिहासमा गत चैत्र १४ गते नेपाल भुटानसँग पहिलो पटक बराबरीमा खेलेको हो।

नेपालले यसअघि खेलेका सबै अन्तर्राष्ट्रिय खेलमा नेपालले भुटानलाई पराजित गरेको थियो। मगंलबार भएको खेलमा नेपालले अन्तिम समयमा गोल फर्काएर भुटानलाई बराबरीमा रोकन सफल भयो।

उता, लाओसले आफनो पहिलो खेल नेपालसँग हारे भुटानलाई २–० ले हराउन सफल भएको थियो। आज हुने फाइनल खेलमा नेपाल र लाओस उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन्।

प्रकाशित मिति: : 2023-03-31 06:21:00

प्रतिकृया दिनुहोस्