फुटबल मैदान निर्माणका लागि राखेपासँग बजेट माग गर्ने एन्फाको निर्णय

अखिल नेपाल फुटबल सघं (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेपा) सँग बजेट माग गर्ने निर्णय गरेको छ।

सातदाेबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार बसेको आकस्मिक कार्यसमिति बैठकले यस्ताे निर्णय गरेको हाे।

बैठकले फुटबल मैदान निर्माणका लागि बजेट माग गर्न एन्फासँग आवद्ध जिल्ला संघ, क्लबलगायत सदस्य संस्थाहरूलाई आन्तरिक रूपमा पत्राचार गरी प्रस्ताव गर्ने निर्णय गरेको हो।

साथै बैठकमा सहिद स्मारक ए, बी र सी डिभिजन लिगको लागि अपुग हुन आउने बजेट राखेपासँग माग गर्ने निर्णय गरेकाे छ। 

प्रकाशित मिति: : 2023-04-01 17:12:00

प्रतिकृया दिनुहोस्