एमालेले मधेस सरकार छाड्याे

नेकपा (एमाले)ले मधेस प्रदेश सरकार छाडेकाे छ।

एमालेका चार मन्त्री तथा एक जना राज्यमन्त्रीले मंगलबार राजीनामा बुझाएकाे मुख्यमन्त्री कार्यालयले जानकारी दिएकाे छ।

संघमा गठबन्धन भत्किएको डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट एमाले बाहिरिएको हो।

मधेश सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री पदमा मोहमद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधनप्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्री पदमा केशव राय सहभागी थिए।

प्रकाशित मिति: : 2023-04-04 15:39:00

प्रतिकृया दिनुहोस्