ए डिभिजन लिग: आज दुई खेल हुँदै

File Photo
File Photo

काठमाडौँमा जारी सहिद स्मारक 'ए डिभिजन लिग' अन्तर्गत बिहिबार दुई खेल हुँदैछ।

छैटौँ चरणको तेस्राे खेलमा आज मछिन्द्र फुटबल क्लब र हिमालयन र्शर्पा क्लब तथा त्रिभुवन फुटबल क्लब र थ्री स्टार क्लब भिडदैँछन्। एन्फा कम्लेप्क्समा दिउँसो २ बजे मछिन्द्र फुटबल क्लब र हिमालयन र्शर्पा क्लबबीच खेल हुनेछ। सोही समयमा च्यासल फुटबल मैदानमा  त्रिभुवन फुटबल क्लब र थ्री स्टार क्लब भिडदैँछ।

पाँचौ राउन्डसम्मको खेलमा मछिन्द्र फुटबल क्लब ५ अंक जोडी ११औँ स्थानमा छ भने, हिमालयन र्शर्पा क्लब ५ अंक जोडी खेल तालिकाको १०औँ स्थानमा छ। त्यस्तै, त्रिभुवन फुटबल क्लब ८-० अंक जोडी ७औँ स्थानमा छ भने, थ्री स्टार क्लब ७-० अंक जोडी ८ औँ स्थानमा छ।

आज हुने खेलमा भूटानका कप्तान तथा स्ट्राइकर चेन्चो ग्याल्सेन मछिन्द्र फुटबल क्लबबाट खेल्दै छन्। चेन्चोलाई सोमबार मछिन्द्रले अनुबन्ध गरेको हो।

प्रकाशित मिति: : 2023-04-06 06:59:00

प्रतिकृया दिनुहोस्