ए डिभिजन लिग: मछिन्द्रसँग संकटा पराजित

File photo
File photo

सहिद स्मारक 'ए डिभिजन लिग' अन्तर्गत साविक विजेता मछिन्द्र फुटबल क्लबले संकटा क्लबलाई पराजित गरेको छ।

आईतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा संकटालाई २:१ ले पराजय गरेर  मछिन्द्रले दोस्रो जित हात पारेको छ। मछिन्द्रका लागि खेलको २०औँ मिनेटमा विमल घर्ती मगरले गोल गरेर अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ४६ औं मिनेटमा ओलावालेले गोल गर्दै मछिन्द्र जित दिलाए।

यता, संकटा क्लबका लागि खेलको २२ औं मिनेटमा मनिषले गोल गरेका थिए। दोस्रो जितसँगै मछिन्द्र फुटबल क्लबले ९ अंक जोडी तालिकाको सातौँ स्थानमा छ भने, संकटा क्लब ९ अंक जोडेर आठौं स्थानमा छ।

प्रकाशित मिति: : 2023-04-09 16:49:00

प्रतिकृया दिनुहोस्