सहिद स्मारक लिगअन्तर्गत बुधबार भएको खेलमा संकटा क्लबले न्यू रोड टिम एनआरटीलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको आठौँ चरणको दोस्रो खेलमा एनआरटी संकटासँग २-१ ले पराजय भएको हो।
संकटका लागि खेलको २२औँ मिनेटमा जुनियर एनकेनगुएले गरेर संकटालाई अग्रता दिलाएका थिए। त्यस्तै खेलको ३७र्औँ मिनेटमा मनिष डाँगीले गोल गरेर संकटालाई जिताए।
यता, एनआरटीका लागि खेलको ६२ औं मिनेटमा निकोलस सेर्जी सङले गोल गरेका थिए। यस जितसँगै संकटा १२ अंक जोडेर खेल तालिकाको सातौँ स्थानमा छ भने एनआरटी ६ खंक जोडेर ११ औँ स्थानमा छ।
त्यस्तै, आज भएको अर्का खेलमा हिमालयन शेर्पा क्लबले एपीएफलाई पराजय गरेको छ। च्यासल फुटबल मैदानमा भएको उक्त खेलमा हिमालया र्शर्पा क्लबले एपीएफलाई ५-३ ले पराजय गरेको छ।
हिमालयन शेर्पाका लागि खेलको ८औँ मिनेटमा सुदिप श्रेष्ठलले गोल गरेका थिए भने खेलको २४औं मिनेटमा सत्यम शर्माले गोल गरेका थिए।
त्यस्तै, शेर्पाका लागि खेलको २८औँ मिनेटमा सत्यम शर्मा अर्का गोल गरेर हिमालयनलाई ३-0 को अग्रता दिलाए। खेलको ७५औं अबायोमी फाकुन्लेले गोल गरेर भने खेलको ८९औं मिनेटमा विश्वास श्रेष्ठले गोल गरेर हिमालयन शेर्पा क्लबलाई जिताए।
उता, एपीएफका लागि खेलको इन्जुरी समयमा अर्मान्ड बिडोम गोल गरेर भने खेलको ४७औं मिनेटमा सनिश श्रेष्ठले गोल गर्न सफल भए। त्यस्तै एपीएफका लागि खेलको ६३औं मिनेटमा प्रदीप लामाले गोल गरेका थिए।
यो जितसँगै हिमालयन शेर्पा क्लबले ९ अंक जोडेर खेल तालिकाको १०औँ स्थानमा छ भने एपीएफ क्लब ११ अंक जोडेर ८औँ स्थानमा छ।