२०७९ लाई फर्केर हेर्दा: नेपाली क्रिकेट र फुटबल

BreaknLinks
BreaknLinks

क्रिकेट र फुटबल खेल नेपालमा सबैभन्दा लोकप्रिय मानिन्छ। २०७९ मा दर्शकले अन्य खेलहरु भए/नभएको पत्तो नपाए पनि क्रिकेट र फुटबललाई विशेष महत्व दिए। यी दुई खेल क्षेत्रमा नेपालले ठुला–ठुला उपलब्धी हासिल गर्‍यो।

क्रिकेट

नेपाली क्रिकेट जगतले यस वर्षको अन्त्यतिर एउटा सुखद सुरुवात गर्‍यो। नेपालको इतिहासमा पहिलो पटक पुरुष यु– १९ टोली विश्वकप छनोटमा पुग्न सफल भएको छ। भने, राष्ट्रिय क्रिकेट टोलीले पनि विश्वकप छनोट चरणमा आफ्नो स्थान पक्का गरेको छ।

त्यसैगरी नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक टि– २० लिगको आयोजना गर्‍यो। सो लिग विवादरहीत बन्न नसके पनि क्यानले क्रिकेटको क्षेत्रमा थप एउटा नयाँ कामको सुरुवात गरेको छ। यसलाई पनि क्रिकेट जगतमा महत्वपूर्ण उपलब्धीको रुपमा लिन सकिन्छ।

राष्ट्रिय एकदिवसीय विश्वकपको छनौट चरणमा प्रवेश

यस वर्ष एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटको छनौट चरणमा प्रवेश गर्नु नेपाली राष्ट्रिय क्रिकेट टोलीको सबैभन्दा ठुलो उपलब्धी बन्यो।

१० महिनासम्म सुखद प्रदर्शन गर्न नसकेको नेपाली क्रिकेट टोलीले गत फागुनदेखि सुरु भएका खेलमा चमत्कारिक प्रदर्शन गरेर विश्वकपको छनौट चरणमा प्रवेश गर्‍यो।

त्यस्तै नेपालले उक्त सिरिजका खेलहरुमा सुखद नतिजा निकाल्दै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता जोगाउन सफल भएको छ। भने, सोही प्रतियोगिताहरुमा नेपालका अधिकांश खेलाडी उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए।

यु– १९ को टोली विश्वकप छनौटमा

यस वर्ष नेपाली राष्ट्रिय क्रिकेटको यु– १९ टोली ८ वर्षपछि विश्वकपको छनौट चरणमा पुग्न सफल भएको छ। प्रशिक्षक जगत टमाटा र देव खनालको कप्तानीमा नेपाल ५ खेलमा शतप्रशित नतिजा निकाल्दै विश्वकपको छनौट चरणमा पुगेको हो, जुन नेपाली क्रिकटे क्षेत्रको लागि अर्को ठुलो उपलब्धी हो।

क्यानमाथि लागेको ‘कन्ट्रोल फन्डिङ’ प्रतिबन्ध फुकुवा

यसवर्ष अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले क्यानको ‘कन्ट्रोल फन्डिङ’माथि लगाएको प्रतिबन्ध फुकुवा गर्‍यो। आइसीसीले २०७६ असोजमा क्यानको कन्ट्रोल फन्डिङमाथि प्रतिबन्ध लगाएको थियो।

यस वर्षको सुरुवतामै प्रतिबन्ध फुकुवा भएसँगै नेपालले एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्‍यो। यो सँगै यस वर्ष नेपालले आइसीसीका सबै प्रतिबन्धबाट उन्मुक्ति पाएको छ, जुन नेपाली क्रिकेट संघको लागि अर्काे खुसीको क्षण हो।

पहिलो पटक टि– २० लिगको आयोजना

नेपाल क्रिकेट संघ (क्यान)ले गत पुस ९ गतेबाट नेपालमा पहिलो पटक नेपाल टि– २० लिगको आयोजना गर्‍यो। विवादको कारण तीन पटकसम्म स्थगित भएको उक्त प्रतियोगित अन्तत: यसै वर्ष सम्पन्न भयो।

क्यान र भारतीय कम्पनी सेभेन थ्री स्पोटर्सको सहकार्यमा पहिलो संस्करणको लिग आयोजना भयो। क्यानले ८ वर्षका लागि सेभेन थ्री स्पोट्र्ससँग ३३ करोडको सम्झौता गरेको छ। सो लिगमा ६ वटा टिममले प्रतिस्पर्धा गरेका थिए। भने, पहिलो संस्करण टि– २० उपाधि लुम्बिनी स्टारले जितेको थियो।

स्पट फिक्सिङ प्रकरण

विभिन्न विवादका बाबजुद आयोजना गरिएको नेपाल टि– २० लिग यस वर्ष सबैभन्दा विवादित खेल प्रतियोगिता बन्न पुग्यो। त्रिवि मैदानमा सम्पन्न प्रतियोगितामा स्पट फिक्सिङ भएको खुलासापछि केही क्रिकेटरले कारबाही भोगेका छन्। नेपालमा आयोजना भएका क्रिकेट प्रयोगितामध्ये पहिलो पटक यस्तो घटना बाहिरिएको हो।

इतिहासमै पहिलो पटक स्पट फिक्सिङको आरोप लागेपछि आइसीसीले समेत क्यानमाथि अनुसन्धान गरेको थियो। सो प्रतियोगिताको स्पट फिक्सिङको आरोपमा पूर्व राष्ट्रिय टोलीका क्रिकेटर हेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारीलाई पक्राउ परेका छन्।

चार महिनामै प्रशिक्षक प्रभाकर सुटुक्क फिर्ता

क्यानले गत साउनमा नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षकको रुपमा भारतका मनोज प्रभाकारलाई नियुक्त गरेका थियो। तर, नियुक्त भएको चार महिनामै उनी जिम्मेवारी छाडेर भारत फर्किए।

भारतका पूर्व क्रिकेटरसमेत रहेका प्रभाकर नेपालको लगातारको खराब प्रदर्शनपछि सुटुक्क भारत प्रस्थान गरेका थिए। उनले भारतपुगेपछि मात्र राजनीमा दिएको घोषणा गरे। क्यानले उनलाई एक वर्षको लागि सम्झौता गरेको थियो।

उत्कृष्ट प्रदर्शनले रङ्गशाला निर्माणमा नजर

यस वर्ष नेपाली राष्ट्रिय टोलीले क्रिकेटमा महत्वपूर्ण उपलब्धी हासिल गरेसँगै सम्बन्धित निकायहरुको ध्ययान रङ्गशाला निर्माणमा पनि पुगेको छ। यस वर्ष सरकारले भरतपुरमा अलपत्र अवस्थामा रहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको जिम्मा सरकारले लिएको छ।

त्यस्तै १२ वर्षअघि निर्माण कार्य सुरु भएको मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको माथिल्लो मैदान खेलको लागि तयार बनेको छन्। भने, त्रिवि क्रिकेट मैदानको पूर्वाधार विकासको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा थप कार्य अगाडि बढेको छ। अन्य प्रदेश तथा जिल्लास्तरीय क्रिकेट मैदानको निर्माण कार्यमा पनि चासो बढेको छ।

फुटबल

नेपाली राष्ट्रिय फुटबल जगतमा वर्ष २०७९ को सुरुआतदेखि नै विभिन्न विवाद उत्पन्न भए। तत्कालीन प्रशिक्षक अब्बदुल्लाह अलमुताइरीको कहिले खेलाडी त कहिले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीसँग विवाद भयो। त्यस्तै अनेकौँ विवादका कारण ए डिभिजन लिग समयमा सुरु हुन सकेन।

फर्किएनन् अल्मुताइरी

नेपाली फुटबल जगतको सबैभन्दा विवादित प्रशिक्षक हुन कुवेतका प्रशिक्षक अब्बदुल्लाह अलमुतारी। वि.स. २०७७ साल चैतमा नेपाली राष्ट्रिय पुरुष टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका उनले गत भदौमा राजीनामा दिए। 

कहिले खेलाडीसँगको विवाद त कहिले एन्फाको पदाधिकारीसँगको विवादले गर्दा उनी नेपाली प्रशिक्षकबाट विदा भए। नेपाली फुटबलका लागि उनले आफ्नो कार्यकालमा साफ च्याम्पिनसिप पहिलो संस्करण फाइनमा पुर्‍याइए। त्यस्तै, उनले गत जेठमा कतारमा भएको एसियन कप छनोटमा राष्ट्रिय टोलीले भाग लिएपछि नेपाल फर्किएनन्।

जेठमा कुवेत पुगेपछि नेपाल नफर्किएका उनीको राजिनामा लामो समयपछि मात्र स्वीकृत भयो।

इतिहास रच्न सफल महिला फुटबल टिम

वर्ष २०७९ मा महिला राष्ट्रिय फुटबल टोलीले एउटा इतिहास बनाउन सफल भयो। गत भदौमा घरेलु मैदानमा भएको छैँटौ संस्करणको साफ च्याम्पियनसिपको सेमिफाइनलमा भारतलाई हराएर फाइनलमा प्रवेश गरेको थियो। 

नेपाली फुटबल इतिहसामा भारतसँगको खेल भन्नसाथ खेलाडी निकै नै दबाबमा हुन्छन। फुटबलको इतिहास हेर्न हो भने नेपालको लागि भारत बाधक बन्थ्यो। यस पटक भने महिला फुटबल टोलीले एउटा इतिहास रच्न सफल भयो।

बंगलादेशविरुद्ध अन्जनको त्यो हयाट्रिक

नेपाली स्ट्राइकर अन्जन बिष्टले गत असोजमा बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा हयाट्रिक गर्न सफल भएका थिए। यो गोलसँगै अब अन्जन नेपालको सबैभन्दा धेरै अन्तराष्ट्रिय गोल गर्न खेलाडी बन्न ३ गोलबाट टाढा छन्। नेपालले फिफा इन्टरनेसनल विन्डो अन्तर्गत बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। 

एकै वर्ष ४० भन्दा बढी खेलाडीले देश छाडे 

नेपाल वर्ष २०७९ मा नेपालको इतिहासमा पहिलोपटक एकै वर्ष ४० जनाभन्दा बढी खेलाडी विदेश पलायन भएका छन्। देशमा फुटबल खेल्ने वातावरण नभएको भन्दै नेपाली फुटबल जगतमा राम्रो छवि बनाएका खेलाडीहरुले देश छाडेका हुन्।

धेरै नेपाली खेलाडीको गन्तव्य भने, अस्टे«लिया रहेको छ। नेपालका प्रख्यात खेलाडी सुजन श्रेष्ठ, रंजित धिमालु सुमन अर्याल, एलन न्यौपाने जस्ता खेलाडीहरु यतिबेला अष्ट्रेलियाको सानो क्लबमा खेल्न बाध्य छन्। खेलाडीहरुले धमाधम देश छाड्नु भनेको  समग्र नेपाली फुटबल र खेल जगतको लागि यो राम्रो सन्देश होइन।

एन्फा कार्य समिति बैठकभित्रै हात हालाहाल 

गत फागुन १७ गते अखिल नेपाल फुटब सघं (एन्फा)को कार्यसिमित बैठक बस्यो। सो बैठक अन्य दिनको बैठक जस्तो भएन उक्त बैठकमा हातहालाल हुने समेत अवस्था सिर्जना भयो। 

एन्फाको ३ उपाध्ययक्षसहित १२ जना सदस्यले महासचिव किरण राई कोषाअध्यक्ष रविन्द जोशीलाई बर्षास्त गर्न माग गरेका थिए, तर एन्फाको अध्यक्ष पंकजविक्रम नेमगले आफ्नो अधिकार प्रयोग गरेर उक्त एजेन्डामा सो कुरा नलेखेको बताएपछि विवाद सिर्जना भएको थियो।

प्रकाशित मिति: : 2023-04-13 21:15:00

प्रतिकृया दिनुहोस्