परिवार र समाजले स्वीकार गर्न नसकेको तिलकको अस्तित्वको कथा ‘ब्लु फ्लावर’

पहिलोपोष्ट

काठमाडाैं

परिवारको दबाबकै कारण तिलक वैवाहिक सम्बन्धमा बाँधिन्छन्। अनि बच्चा जन्माउने दबाब पनि उत्तिकै। परिवार र समाजले स्वीकार गर्दैन उनको अस्तित्व। जसले निम्त्याउँछ कहालीलाग्दो समस्या।

कथा सुरु हुन्छ तिलककी आमाको ‘इमोसनल ब्ल्याकमेल’बाट। समलिङ्गीको आफ्नो अस्तित्व दबाएर तिलक महिलासँग वैवाहिक सम्बन्ध बाँधिन चाहेका हुँदैनन्।

दुईपटक विवाह मण्डपबाट भागेका तिलकलाई आमाले आत्महत्या गर्ने धम्की दिएपछि उनी बाध्य भएर विवाह गर्छन्। यसरी नै सुरु हुन्छ सुनिल बाबु पन्तद्वारा निर्मित ‘ब्लु फ्लावर’ सर्ट फिल्म। ४० मिनेटको सर्ट फिल्मले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको कथा बोलेको छ।

समुदायको यथार्थ पीडा चित्रित गरेको यो फिल्म यर्थाथ घटनामा आधारित हो। सुनिल बाबु र प्रद्युम्न मिश्रको निर्देशनमा बनेको यस कथाका पात्रसँग उनको भेट २१ वर्ष अगाडि पोखरामा भएको थियो।

‘ब्लु डाइमण्ड सोसाइटी’ सुरु भएपछि पोखरामा कार्यक्रम लिएर आउँदा सुनिलको भेट यस कथाका पात्रसँग भएको थियो। कथाको छाप सुनिलको मनमा यसरी बस्यो दशकपछि उनले पात्रको कथा फिल्ममा देखाए।

प्रकाशित मिति: : 2023-04-22 07:56:00

प्रतिकृया दिनुहोस्