बिर्सिनसक्नुको तथ्यबोधन

पञ्चायत व्यवस्थाको अन्तिम चरणतिरको कुरा हो । पकनाजोलकै होटलको एउटा कक्षमा एउटा पुस्तक विमोचन समारोह आयोजित थियो । समारोहका विशिष्ट अतिथि त्यति बेलाका मुखर मानिएका एक सहायक मन्त्री हरिश्चन्द्र थिए । अर्का अतिथि प्रा.डा. बासुदेव त्रिपाठी हुनुहुन्थ्यो । नगरका तत्कालीन मेयर र विशिष्ट पञ्चहरुको सघन उपस्थिति थियो । तामझामका साथ पुस्तक विमोचन भयो । ताली पड्के । उपस्थितहरुबीच पुस्तक वितरण भयो । पुस्तकको नाम थियो ‘नाक, नाइटो र नारायण ।’ पानाहरु पल्टाउँँदै हेर्दै गएँ । विभिन्न शीर्षकमा तीसवटा जति कविता थिए । बुझिने र कविताजस्तो कविता एउटै थिएन ।

अब मञ्चमा भाषण आरम्भ भयो । सर्वप्रथम, विमोचित पुस्तकका कविताका बारेमा प्रा.डा. त्रिपाठी बोल्न थाल्नुभयो । ती कवितामा प्राध्यापक त्रिपाठीले पूर्व–पश्चिमका तमाम काव्यसिद्धान्त, दर्शन, कला र आदर्शहरुको धाराप्रवाह वर्षा गर्नुभयो र त्यसमा त्यो ‘नाक, नाइटो र नारायण’लाई मजासित नुहाइदिनुभयो । जति नुहाए पनि किवितामा आफ्नै चमक थिएनन् ।

प्रकाशित मिति: : 2023-04-23 05:41:00

प्रतिकृया दिनुहोस्