ए डिभिजन लिग: सातोबाटो र हिमालयन बराबरी रोकियो

काठमाडौँमा जारी सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत रोयल ब्लु सातदोबाटो युथ क्लब र हिमालयन र्शर्पा फुटबल क्लब बराबरीमा रोकिएको छ।

आइतबार च्यासल फुटबल मैदानमा भएको खेलमा सातदोबाटो र हिमालयन २-२ को बराबरीमा रोकिएको हो। सातोबाटोका लागि खेलको पहिलो मिनेटमा दीपक राज सिंह ठकुरीले गोल गर्दै सातोबाटोलाई अग्रता दिलाएका हुन्। त्यस्तै, सातोबाटोका लागि खेलको ८० औं मिनेटमा दीपकले व्यक्तिगत गोल गरे।

यता, हिमालयन र्शपाका लागि खेलको ७२ औं मिनेटमा निशान लिम्बुले गोल भने, खेलको ८३ औं मिनेटमा सुशील राईले गोल गरेर हिमालयनलाई बरारमिा ल्याए। यस बराबरीसँगै सातदोबाटोले ११ खेलमा १८ अंक जोडेको छ भने, हिमालयनले ११ खेलमा १० अंक जोडेको छ।

प्रकाशित मिति: : 2023-04-23 18:09:00

प्रतिकृया दिनुहोस्