सुरु भयाे ‘जुम्ला रारा अल्ट्रा म्याराथन’

चौंथो संस्करणकाे ‘जुम्ला रारा अल्ट्रा म्याराथन’ सुरू भएको छ। कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरदेखि रारा तालको छेउ हुटुसम्मको ४९ किलोमिटर दुरीमा अल्ट्रा म्याराथन साेमबार सुरू भएको हो।

म्याराथनकाे उद्घाटन कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले गरेका छन्। उद्घाटन समारोहमा बाेल्दै उनले कर्णालीमा खेलकुद पर्यटनको सम्भावना उच्च रहेको बताए।

यसअघि तीन वटा संस्करण पूरा गरेकाे जुम्ला रारा अल्ट्रा म्याराथनकाे चाैंथाे संस्करण यस वर्ष लोकतन्त्र दिवसको अवसरमा पारेर सुरु गरिएकाे आयाेजक संस्था कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए।

‘म्याराथनले कर्णालीको पर्यटन प्रवर्द्धनका साथै पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारमा टेवा पुग्नेछ,’ उनले भने, ‘खलंगादेखि सुरु भएर डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलीचौर हुँदै रारातालको छेउ हुटुमा पुगेर अन्तिम बिन्दु तोकिएको छ।’

उनकाअनुसार म्याराथनमा विभिन्न विधामा गरेर २८ जना खेलाडीलाई पुरस्कृत गरिनेछ। खेलाडीले अनलाइनबाटै नाम दर्ता गराउन सक्ने र क्युआर कोडबाटै शुल्क भुक्तानी गर्ने व्यवस्था मिलाएको थियो। विदेशी खेलाडीका लागि ७ हजार, नेपाली धावकका लागि ३ हजार शुल्क तोकिएको थियो।

म्याराथनमा प्रथम हुनेलाई एक लाख रुपैयाँ, प्रमाणपत्र र मेडल, द्धितीय हुनेलाई ७५ हजार नगद, प्रमाणपत्र र मेडल, तृतीय हुनेलाई ५० हजार नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। यसैगरी चौंथो र पाँचौं हुनेलाई २०/२० हजार, नगद प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक कर्णाली स्पोर्ट्सका अध्यक्ष शाहीले जानकारी दिए।

गिनिज बुक अफ वर्ल्ड रेकर्डर एभरेष्ट म्यारथन ह्याट्रिकर हरिबहादुर रोकायको संरक्षणमा म्याराथन हुन भइरहेको छ। जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा विकास गर्ने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई खेल संस्कृतिको विकासका लागि म्याराथन आयोजना गर्न गर्दै आएको धावक हरिबहादुर रोकायाले बताए।

उनले भने,‘विश्वमा हिमाली तथा पहाडी क्षेत्रमा आयोजना हुँदै आएका यस्ता साहसिक खेलकुद प्रतियागिता गर्नेमध्ये जुम्ला पनि उच्च सम्भावना भएको जिल्लाको रुपमा चिचिनसक्छ।’

यो वर्ष नेपाल भित्रका १९ जिल्लाका खेलाडी सहभागी छन्। याे सँगै अमेरिकाका २, भारतका १, आयरल्यान्डका १ र बेलायतका १ जना खेलाडीले भाग लिएका छन्। रारातालसम्म ८० जना खेलाडी पुग्ने आयाेजकले जनाएको छ।

यसैगरी छाेटाे दुरीकाे एक किलोमिटर र पाँच किलोमिटरकाे केटा र केटीसहितकाे नतिजा भने आइसकेको छ।

एक किलोमिटर

केटा

प्रवेश कठायत– प्रथम
हिमाल महतारा– द्वितीय
विवेक कामी– तृतीय

केटी

सगिना बाेहाेरा– प्रथम
सनिका सार्की– द्वितीय
निरुता बुढा– तृतीय

खुला पाँच किलोमिटर
केटा

अक्कल बडुवाल– प्रथम
जमन बुढा– द्वितीय
लक्ष्मण बुढा– तृतीय

केटी

संगिता बुढा– प्रथम
सुशीला बुढा– द्वितीय
गाैकला रावत– तृतीय

कर्मचारीहरु पाँच किलोमिटर

दीर्घबहादुर थापा– प्रथम 
हर्क रावत– द्वितीय
देवीबहादुर महतारा– तृतीय

वृद्धहरु पाँच किलोमिटर

परागराज उपाध्यक्ष (७० वर्ष)– प्रथम
जयकृष्ण आचार्य (६८ वर्ष)– द्वितीय
माधवराज देवकाेटा (६३ वर्ष)– तृतीय

प्रकाशित मिति: : 2023-04-24 09:00:00

प्रतिकृया दिनुहोस्