ए डिभिजन लिगको चार क्लबलाई एन्फाको जरिवाना

photo : anfa
photo : anfa

अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिगको चारवटा क्लबलाई जरिवाना गरेको छ।

सहिद स्मारक ए डिभिजन लिगकाे विभिन्न खेलमा अनुशासन उल्लंघन गरेको भन्दै एन्फाले संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ क्लबलाई जरिवाना गरेको हो।

एन्फाले संकटा, मछिन्द्र र खुमलटारलाई १०-१० हजार जरिवाना गरेको छ भने, एपीएफ क्लबलाई ५ हजार जरिवाना गरेको छ। त्यस्तै, एन्फाले एपीएफ क्लबका अफिसियल जिवेश पाण्डेलाई ८ खेलको प्रतिबन्ध लगाएको छ भने, १० हजार जरिवाना गरेको छ।

पाण्डेले मछिन्द्रविरुद्धको खेलमा मछिन्द्रका अफिसियल ज्ञान बहादुर मोक्तानलाई हातपात गरेका थिए।

प्रकाशित मिति: : 2023-04-24 15:47:00

प्रतिकृया दिनुहोस्