ए डिभिजन लिग: खुमलटार एपीएफसँग पराजित

काठमाडौँमा जारी सहिद स्मारक 'ए डिभिजन लिग' अन्तर्गतको १२ औँ चरणको पहिलो खेलमा विभागीय टोली एपीएफ क्लबले एफसी खुमलटारलाई पराजित गरेको छ।

सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा खुमलटार एपीएफसँग २-० ले पराजय भएको हो। एपीएफका लागि खेलको २६औँ मिनेटमा अब्डोउ रमानीले गोल गरेर एपीएफलाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको ७०औँ मिनेटमा अर्मान्ड बिडोमले गोल गरेर एपीएफलाई पराजित गरे।

यो जितसँगै एपीएफ क्लब १७ अंक जोडेर खेल तालिकाको पाँचौ स्थानमा छ भने, खुमलटार १३ अंक जोडेर तालिकाको ११औँ स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-24 17:16:00

प्रतिकृया दिनुहोस्