ए डिभिजन लिग: थ्री स्टार र मछिन्द्र बराबरीमा रोकियाे

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत मछिन्द्र फुटबल क्लब र थ्री स्टार क्लब बराबरीमा रोकिएको छ।

बुधबार दशरथ रगंशालमा भएको खेलमा मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्। निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेल दुवै टोलीले पाएको अवसर सदुपयोग  गर्न सकेनन्। मछिन्द्रका लागि खेलको ४४औँ मिनेटमा आफिज ओलावालेको पासमा मछिन्द्रका चेन्चोको प्रहार पोस्ट बारमा लाग्दै फर्किएको थियो। 

त्यस्तै, खेलको ४७औँ मिनेटमा थी्र स्टार क्लबका सन्तोष साहुखले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको गोल बाहिरेको थियो। यता, ८४औँ मिनेटमा पाएको फ्रिकिकको अवसर पनि मछिन्द्रले सदुपयोग गर्न सकेनन्।मछिन्द्रका लागि चेन्चो ग्याल्सेनको फ्रिकिकलाई थी्र स्टारका गोलरक्षक मोहम्मद ताहले पञ्च गर्दै बचाए।

यस बराबरी सँगै मछिन्द्र फुटबल क्लब १७ अंक जोडर खेल तालिकाको सातौँ स्थानमा छ भने, थ्री स्टार क्लब २२ अंक दोस्रो तालिकाको दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2023-04-26 17:14:00

प्रतिकृया दिनुहोस्