मैले 'नुन-तेल' लेखेँ किनकि म गौतम बुद्ध होइन!

सेतोपाटी

जीवन क्षेत्री

यो किताब लेख्न सुरू गर्दा किन लेख्ने भन्ने प्रश्नमा म प्रष्ट थिएँ। तर कसरी लेख्ने भन्नेमा थिइनँ।

चार वटा निर्णायक क्षणहरूले 'नुन-तेल' लाई यो रूपमा छापिन सम्भव बनाए।

२०७३ सालमा कुस्माबाट सुरू गरेर बागलुङ, गुल्मी र पाल्पा हुँदै बुटवलसम्म एकल पदयात्रा गरेपछि सेतोपाटीमा एक किस्ता नियात्रा लेखेको थिएँ।

त्यसै क्रममा लाग्यो— यो यात्रा त किताबै लेख्न लायक पो छ त!

यात्राबारे ५० हजारभन्दा बढी शब्द लेख्दा पनि त्यो किताब भने बनेन। शब्द थप्दै गएपछि त्यो किताब बन्छ भन्ने यकिन पनि मलाई भएन।

त्यसैबीच पहिलो निर्णायक क्षण आयो २०७५ सालमा।

प्रकाशित मिति: : 2023-04-30 18:36:00

प्रतिकृया दिनुहोस्